पोखरामा पानी ट्यांकीमा डुवेर ४ बर्षीय बालकको मृत्यु
पोखरा, जेठ २९ ।
पोखरामा बुधवार पानी ट्यांकीमा डुवेर एक बालकको मृत्यु भएको छ । स्याङ्गजा घर भइ पोखरा मासबार स्थित मामाघरमा बस्दै आएका ४ बर्षीय बालक श्रीकृष्ण कोइरालाको पानी ट्यांकीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकीको निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेका बालक कोइरालालाई उपचारको लागी पोखराको मेट्रोसिटी हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुबेदीले जानकारी दिए ।
बालक बुधवार साझ आफ्ना साथीहरुसंग खेल्ने क्रममा पानी ट्यांकीमा खसेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।