पोखरामा कार र स्कुटर ठोकिँदा एकजना घाईते

पोखरा, मंसिर १६ ।
पोखराको राष्ट्रबैंक चोकमा कारले स्कुटरलाई ठक्कर दिँदा एकजना घाईते भएका छन् । ग २ च ८७२५ नम्बरको कारले ग १४ प १७२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङजाको वालिङ नगरपलिका–४ जगतभञ्ज्याङ घर भई पोखरा ६ शान्तिनगर बस्ने २२ बर्षकी अञ्जना थापा घाईते भएकी हुन् ।

उनको पोखरामै उपचार भैरहेको छ । कार, कार चालक र स्कुटरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।