पोखराको बिजयपुरमा टाईम बम पड्किदा पत्रकार पाण्डे घाईते

पोखरा, फागुन ८ ।
पोखराको बिजयपुर खोलामा टाईम बम पड्किदा पत्रकार घनश्याम पाण्डे घाईते भएका छन् । शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएका पत्रकार गिता रानाले जानकारी दिए । उनका अनुसार अरु दुई घाईतेको परिचय खुलेको छैन ।
यतिबेला प्रहरी र आर्मीको टोली बिजयपुर खोला पुगेको छ । पत्रकार पाण्डे गण्डकी मिडिया हाउस अन्तर्गत रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् । पाण्डेलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।