पोखराको पृथ्वीचोकमा बिजुलीको ट्रान्समिटर सर्ट भएर आगलागी

पोखरा, साउन २९ ।
पोखराको पृथ्वीचोकमा रहेको बिद्युतको ट्रान्समिटरमा आगलागी भएको छ । राती ८ बजेतिर बिद्युत सर्ट भएर आगलागी भएको हो ।

ट्रान्समिटर पड्किएपछि पृथ्वीचोक क्षेत्रमा बिजुली बलेका छैनन् । पछिल्लो समय पोखरामा बिद्युत सर्ट भएर आगलागी हुने क्रम निकै बढेको छ ।