पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

पोखरा, बैशाख ५ ।
पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । ठगीको समाचार लेखेका ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक गिरीलाई काठमाण्डौं जिल्ला अदालतले सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो ।

पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्र्तगत प्रहरी केन्द्रीय व्युराको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २ गते नियन्त्रणमा लिएको थियो ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले गिरीलाई रिहा गरेको हो । पत्रकार गिरीको रिहाईले गलत गर्नेको मनसाय गिरेको पत्रकार महासंघले जनाएको छ ।