नेल्टाको केन्द्रीय अध्यक्षमा रावल चयन

पोखरा, फागुन १७ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको अध्यक्षमा पुनः जनक रावल निर्वाचित भएका छन् । काठमाण्डौंमा भएको दोश्रो महाधिवेसनबाट रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ समितिमा केही पूरानै अनुहार दोहोरिएका छन् भने केही नयाँ छन् । ४९ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा एलवी शाही, खुला उपाध्यक्षमा पुष्कर नेपाल, दलित उपाध्यक्षमा दीपेन्द्र परियार, महिला उपाध्यक्षमा दिलमाया श्रेष्ठ र राधा भुषाल भण्डारी, प्राइभेट समावेशी छवी भट्टराई, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तथा निजी उपाध्यक्षमा लक्ष्मण घिमिरे र मधेशी उपाध्यक्षमा युगल किशोर सिंह निर्वाचित भएका छन् । आदिवासी जनजातिर्फका उपाध्यक्षमा समितिको पहिलो बैठकले मनोनयन गर्नेछ ।
प्रदेश १ को संयोजकमा पुरुषोत्तम पाण्डे, २ मा विकु यादव, बागमती प्रदेशमा शंकर सिंह, गण्डकी प्रदेशमा सहदेव पौडेल, ५ मा रामप्रसाद अधिकारी, कर्णालीमा हिमराज डिसी र सुदुरपश्चिममा लालबहादुर बोहरा निर्वाचित भएका छन् ।
समितिको महासचिवमा सुरेशकुमार श्रेष्ठ निर्वाचित हुँदा उपमहासचिवमा सुमन चौ प्रधान, खुला सचिवमा शिरिष गौतम, महिला सचिवमा विद्यादेवी अधिकराी ढुंगाना, समावेशी सचिवमा कृष्णप्रसाद महतो, कोषाध्यक्षमा अस्वस्थमा अर्याल चयन भए । खुला सदस्यहरुमा विरेन्द्र केसी, तिलक आचार्य, कृष्णपसाद भट्टराई, हरिदत्त सुवेदी, चित्रबहादुर बस्नेत, प्रेम घोडासैनी, रामदेव महासेठ तथा प्रदेशबाट केन्द्रिय सदस्यतर्फ १ बाट रिखिलाल गौतम, २ बाट विरेन्द्रप्रसाद पटेल, बागमतिबाट श्रीराम खतिवडा, गण्डकीबाट बुद्धीबहादुर देउजा, ५ बाट श्रीधर अधिकारी, कर्णालीबाट खडानन्द पाण्डे र सुदुर पश्चिमबाट रघुविर सिंह ठगुन्ना चयन भएका छन् ।
निजी तर्फबाट शंकरबहादुर खड्का, उपत्यकाबाट यादव केसी, महिलाबाट ऐश्वर्या आचार्य, मीना उपाध्याय, मधेशीबाट बैधनाथप्रसाद गुप्ता, दलितबाट शिवकुमार परियार, आदिबासी जनजातिबाट दयाराम चौधरी, पिछडा बर्गबाट लालवहादुर रावत पनि केन्द्रिय सदस्य चयन भएका छन् । ४ जना सदस्यहरु शुक्रबार नै मनोनयन भएका छन् । कल्पना जिरेल, दलवहादुर वली, उषा कार्की र नारायण केसीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।