नेपालमा एकैदिन ८ जनामा देखियो कोरोना पोजिटिभ

उदयपुर, बैशाख ५ ।
उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । अन्नपूर्ण पोष्ट डटकममा यो खवर छ ।