नेकपाले सार्वजनिक गर्यो प्रदेश कमिटीको नामावली, गण्डकी प्रदेशमा को–को परे ?

पोखरा, मंसिर १७ ।

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेश कमिटीमा रहने सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । मंसिर १२ गते बुधबार सम्पन्न नेकपाको सचिवाल बैठकले सदस्यहरुको नामावली टुंगो लगाएको थियो ।

गत विहीवार नै सार्वजनिक गर्ने भनिएको नामावली करिब एक साता हुँनै लाग्दा सार्वजनिक हुन सकेको थिएन । नेकपाले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इन्चार्ज र सहइञ्चार्ज तोकिसकेको थियो ।

गण्डकी प्रदेशको इन्चार्जमा मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङ चयन भएका छन् भने सह इञ्चार्जमा खगराज अधिकारी छन् । अध्यक्षमा माओवादीका हितराज पाण्डे र सचिवमा एमालेकै गोविन्द नेपाली चयन भएका छन् ।

गण्डकी प्रदेशमा एमालेबाट १ सय २ र माओवादीतर्फबाट ८५ सदस्य छन् । केही दिनभित्रै जिल्ला कमिटी पनि टुंगो लाग्ने नेकपा सचिवालयले जनाएको छ ।

नाेट–सूचीमा नेकपा माओवादी केन्द्रबाट गोरखाका विवश चिन्तन र नेकपा एमाले तर्फबाट कास्कीका शिव पौडेलको नाम छुटेको छ ।