नवलपुरमा दुईवटा ट्रक ठोकिँदा १ जनाको मृत्यु

पोखरा, असोज २९ ।
नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा दुईवटा ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ । भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नम्बरको ट्रकले रोकी राखेको ना १ ख १४१ नम्बरको ट्रकलाई ठक्कर दिँदा ट्रकको मुनि पसी ट्रक मर्मत गर्दै गरेका सहचालकको मृत्यु भएको हो ।
गैडाकोट ढोडेनीका २० बर्षिय धनबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक गैडाकोट नगरपालिका २ भृकुटीचोक बस्ने २७ बर्षिय बसन्त भुजेल घाईते छन् । उनको भरतपुरमा उपचार भैरहेको छ । दुईवटै ट्रक प्रहरीको नियन्त्रणमा छ ।