नगरपालिका अगाडी एका विहानै शंकास्पद बस्तु फेला

पोखरा, बैशाख ६ ।
तनहूँको भीमाद नगरपालिका कार्यालय अगाडी शंकास्पद बस्तु भेटिएको छ । नगरपालिकाको अगाडी सडकमा कुकरमा बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो ।

शंकास्पद बस्तु डिस्पोज गर्नका लागि खैरेनीटार ब्यारेकबाट बम डिस्पोजल टोलि घटनास्थल पुगिसकेको इलाका प्रहरी कार्यालयका प्रमुख सव ईन्स्पेक्टर भेषराज रेग्मीले जानकारी दिए ।