पोखराको चाउथेमा ट्रकभित्र स्कुटर पस्यो, एकजनाको मृत्यु

पोखरा, बैशाख २८ ।
पोखराको चाउथेमा मिक्स्चर (ट्रक) र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ । ग १ क २६६६ नम्बरको मिक्चर मुनी ग १५ प २५८६ नम्बरको स्कुटर पस्दा स्कुटर चालक बेगनासतालका २५ बर्षिय अजय भट्टराईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते उनको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् । मिक्स्चर प्रहरी नियन्त्रणमा छ ।