पर्शुरामकाे बैमानी–थाइल्याण्डमा बसेर मानव बेचविखन र करोडौँ ठगी (पढ्नुस्)

काठमाण्डौं, जेठ ११ ।
थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर, हेलौचा गाविस– ३ घर भई हाल काठमाडौँ गौरीघाट( ८ बस्दने ३८ वर्षीय परशुराम गुरुङ रहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

 

सीआईबीका अनुसार नेपालमा रहेका सोझा नागरिकलाई थाइल्याण्डमा बसेर ठगी गरेको आरोपमा गुरुङलाई नेपाल ल्याइएको छ । विगत लामो समयदेखि थाईल्याण्डमा बसेर आफ्नो सक्कली पहिचान लुकाई कमल, पारस, मनोज, किम, अधिराज थापामगर, प्रताप लगायतका नामबाट आफ्नो परिचय गराई नेपाली युवाहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार सम्बन्धि जानकारी पठाई आफु क्यानाडाको पीआर होल्डर भन्दै विभिन्न नक्कली आईडी देखाई नेपालीहरुलाई क्यानाडाको पीआर कार्ड बनाईदिने तथा क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा र्पुयाउने भन्दै गठी गरेको खुल्न आएको छ ।

 

गुरुङले आई.एम.ई., सिटी एक्सप्रेस र प्रभु मनी ट्रान्सफरमार्फत रकम लिने गरेको देखिएको छ जसले गर्दा कतिपय पिडित हुँ भनिएका व्यक्तिहरु उपरसमेत मुद्दा दर्ता हुने गरेको पाईउको छ । पीडितहरूको भनाई अनुसार उनले शुरुमा राम्रो व्यवहार गर्ने र पछि चरम शोषण गर्ने गरेका थिए ।

 

पीडितहरूले थाई प्रहरीलाई उजुरी गछौँँ भन्दा क्यानडाको फ्लाईट हुन्छ भन्दै नेपाल जाने आर.ए को फ्लाईटमा चेक ईन गराई सम्पर्क्विहीन हुने गरेको पीडितहरुले बयान दिएका छन् ।

अहिलेसम्म गुरुङविरुद्ध ठगी शिर्षकमा ८५ वटा निवेदनहरु प्राप्त भईसकेको र २०० जना भन्दा बढी पीडितहरु सम्पर्कमा आईसकेका सकेका दछन् । गुरुङलाई हद म्यादको कारणले मुद्दा दर्ता नभै सकेकोले सम्पर्कमा आएका पीडितहरुबाट जाहेरी लिँदै थप अनुसन्धान भईरहेको छ ।