टुटेको मन जोड्न काँग्रेसलाई मतदान–शर्मा

पोखरा, कार्तिक २८ ।
कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शुक्रराज शर्माले टुटेको मनलाई जोड्न काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेस पोखरा लेखनाथ वडा नं. १९ को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै नेता शर्माले टुटेको मनलाई जोड्ने सामर्थ काँग्रेसमा मात्रै भएको बताए ।
‘कहिले कम्युनिष्टको नाममा, कहिले धर्मको नाम त कहिले जातको नाममा नेपालीको मन टुटाउने र फुटाउने काम गरिएको छ’–शर्माले भने–‘काँग्रेस टुक्रा टुक्रा भएको मनलाई जोड्न पुलको काम गर्ने छ, त्यसैले पनि काँग्रेसलाई मतादान गर्न आवश्यक छ ।’
पहिला यस लामाचौर एरियामा प्रजातान्त्रिकवादीले ज्यादै कष्टकर जिवन विताउन परेको स्मरण गर्दै नेता शर्माले लोकतन्त्रको स्थापनासँगै यस ठाँउमा अहिले सहज रुपमा कार्यक्रम गर्न सक्ने वातवरण वनेको बताए ।
‘जहाँ जहाँ प्रजातन्त्रवादीले अगुवाई गर्दै आएको छ त्यस ठाँउको रुपम पनि फेरिएको धेरै इतिहास छ’–उनले भने–‘प्रजातान्त्रिकवादीले अगुवाई गरी देशको रुप फेर्नका लागि पनि सम्पूर्ण नेपालीलाई म काँग्रेसको रुख चिन्ह्मा मतदान गर्न आहवान गर्दछु ।
यस क्षेत्रको मुहार परिवर्तन गर्न पनि हामी उम्मेदवार भएर आएकोले यहाँका मतदाताले परिवर्तनको पक्षमा मत हाल्ने विश्वास लिएको उनले बताए । स्थानीय समस्या समाधानमा नै सधै लागि परेको बताउदै नेता शर्माले आफ्ने विजयीले यस क्षेत्रको विकासले फड्को मार्ने विश्वास दिलाए ।
क्षेत्र नं. ३ प्रदेश सभा (क) कि उम्मेदवार शारदा पौडेलले यस क्षेत्रको विकासमा सधै अहोरात्र खटिने विश्वास दिलाइन् । ‘यस अघि पनि साविक क्षेत्र नं. २ मा मलाई यस क्षेत्रको जनप्रनिधि वनाएर पठाउनु भयो, त्यहि अनुरुप यहाँको विकासमा म कटिवद्ध भएर लागे’–उनले भनिन्–‘फेरी तपाईहरुका माँझ आएकी छु। यहाँहरुले पुन विजयी गराए पठाएमा वाकि अधुरा काम पुरा गर्ने अवसर पाउने थिए। पुन सेवा गर्ने मौका दिनुहुन्छ भन्ने अपेक्षा गरेकी छु ।’
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठी, दिपक गुरुङ, महाधिवेशन प्रतिनिधि वावुराम आचार्य, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सदस्य शंकर ढुंगान दलित परिचाल समिति पोखरा लेखनाथ–१९ का संयोजक रविलाल सुनार,स्थानीय समाजसेवी दिलबहादुर अधिकारीलगायतले बोलेका थिए ।
नेपाली काँग्रेस पोखरा लेखनाथ–१९ इकाइ संयोजक महेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार प्रचार समितिका संयोजक रामप्रसाद श्रेष्ठले स्वागत र सचिव विष्णु बास्तोला प्रकाशले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैगरी मंगलबार नै पुरुञ्चौर र सार्दिखोलमा पनि कोण सभाको आयोजना गरिएको थियो। कोण सभामा बोल्ने अधिकांश वक्ताहरुले लोकतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेसमा मतदान गर्न आह्वान गरेका थिए ।
कोण सभासँगै आफ्नो पक्षमा मतदातालाई प्रभाव पार्न नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको वेस्तता वढ्दो छ ।
कतै सम्पर्क कार्यलय उद्घाटन त कतै घरदैलो मा नै उम्मेदवार व्यस्त देखिएका छन्। निर्वाचन नजिकदै जाँदा मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आह्वान गर्न पनि उनीहरुको दौडधुप निकै वढेको छ ।
‘निर्वाचन नजिकदै गएको छ समय छोटो छ मतदाता पनि भेट्नै पर्नेछ’–क्षेत्र नं. ३ का सभापति तथा चुनाव प्रचार प्रचार समितिका संयोजक पोषनाथ शर्माले भने–‘यस क्षेत्रको विकासमा काँग्रेस सधै कटिवद्ध भएर लाग्ने छ। भ्याए सम्म सबैलाई भेट्ने कोशिष गरेकै छौ यदि भेट नभएपति यहाँहरुले काँग्रेसलाई मतदान गरी विजयी गराउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।
यस क्षेत्रको चुनाव प्रचार प्रसार कार्यलाई तिव्रिताका साथ अगाडि बढाएको क्षेत्रीय सचिव तथा चुनाव प्रचार प्रसार समितिका सचिव खिमलाल बास्तोलाले जानकारी दिए ।
चुनवा प्रचारलाई सांगित माहोलका साथ अझै प्रभावकारी बनाउनका लागि चोलेन्द्र पौडेल, अमर धिताल, विकास रम्तेल, ज्योति लोहनी, वावुराम भण्डारीले साथ दिएका छन् ।
यता प्रदेश (ख) का उम्मेदवार सिकन्दर गुरुङ (भोज) ले पनि चुनवी प्रचार प्रसारलाई तिव्रता दिएका छन्। प्रदेश (ख) प्रचार प्रचार समितिका संयोजक आइबहादुर गुरुङका अनुसार वडा नं. ६ मा घर दैलो कार्यक्रममा गरिएको छ । उम्मेदवार गुरुङ सहित त्यस वडामा नेता तथा कार्यकर्ताको सहभागितामा घर दैलो कार्यक्रम गरिएको गुरुङले जानकारी दिए ।
‘यहाँ भएको घर दैलो कार्यक्रमको सहभागिताले हामीलाई उत्साहित बनाएको छ’–गुरुङले भने–‘यहाँको समग्र विकासका लागि पनि काँग्रेसले जित्नु पर्ने भएकोले रुख चिन्ह्मा मतदान गर्न म आग्रह गर्दछु।’ बुधबार पोखरा लेखनाथ वडा नं. ५ मा घरदैलो कार्यक्रम रहेको गुरुङले जानकारी दिए ।