च्याउ खाएपछि बालकको निधन, पोखरादेखि काठमाण्डौंसम्म उपचार सम्भव भएन

लमजुङ, जेठ ३ ।
लमजुङमा च्याउ खाएर विरामी भएका एक बालकको उपचारका क्रममा निधन भएको छ । क्ब्होंलासोथर गाउँपालिका– ९ का १० वर्षीय बालक साजन क्षेत्रीको उपचार सम्भव नभएका कारण निधन भएको प्रहरीले जनाएको छ ।

बालक साजनलाई उपचारका लागि पोखरा हुँदै काठमाडौंको नेसनल लाइफ हस्पिटलमा लगिएकोमा अस्पतालले उपचार सम्भव नभएको भनेपछि उनलाई घरमै फर्काएर ल्याईएको थियो । घरमै निधन भएको परिवारले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकालका अनुसार साजनका बाबु आमा उपचारका लागि गत शुक्रबार पोखरा गएको बेला उनी छिमेकी सुलबहादुर क्षेत्रीकोमा साँझको खाना खान र बास बस्न गएका रहेछन् ।

त्यो दिनमा सुलबहादुरकी श्रीमती सरिताले गाउँ नजिकै रहेको बनबाट च्याउँ संकलन गरी ल्याएर तरकारी पकाएकी रहिछन् । त्यो तरकारी खाएका सबै विरामी भएको तर साजनलाई बढी च्यापेपछि उपचारका लागि पोखराको फेवा सिटी अस्पताल लगिएको थियो ।

अस्पतालको रिफरपछि काठमाडौं लगिएको थियो तर उपचार काम नलागेको परिवारजनले आफूलाई बताएको प्रनाउँ ढकालले बताए ।