चितवनको समानुपातिकमा काँग्रेस अगाडि

भरतपुर, मंसिर २७ ।
प्रत्यक्षमा तीनवटै निर्वाचन क्षेत्र बाम गठबन्धनले जितेके चितवनमा समानुपातिकमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। प्रारम्भिक मत गणना अनुसार नेपाली कांग्रेस ८ हजार ३५, नेकपा एमाले ७ हजार ३ सय ९८ र नेकपा माओवादी ४ हजार ३ सय ४७ मत सहित तेस्रो बनेको छ ।
यसैगरी विवेकशील साझा पार्टीले ४ सय ९४, नयाँशक्ति पार्टीले १ सय ६४ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय २४ र माओवादी अध्यक्ष पुषपकमल दाहाल प्रचण्डसँग चुनाव लडेका विक्रम पाण्डेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले १ सय ५ मत मात्रै ल्याएको छ ।