घाम ताप्न सुतेका श्यामसुन्दरको ओछ्यानमै मृत्यु
पोखरा, बैशाख ९ ।
मुस्ताङमा सुतेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । आइतबार मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर १ मा अन्दाजी ५० बर्षीय श्यामसुन्दर सध्याको सुतेकै ठाउँमा मृत्यु भएको हो ।
धनगढी नगरपालिका वडा नम्बर १२ घर भएका उनी मुस्ताङकै काष्ठमण्डप कन्ट्रक्सन प्रालिमा कार्यरत थिए । प्रहरीका अनुसार म्याट्रेक्स ओछ्याएर घाम ताप्दै सुतेका सध्याको आइतबार मृत्यु भएको हो ।
सुतेकोमा लामो समयसम्म पनि अचेत अबस्थाा देखेपछि स्थानीय र प्रहरीले उपचारको लागि नजिकैको स्वास्थ्य चौकीमा लगेका थिए । तर, स्वास्थ्य चौकीका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको हो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।