गृह मन्त्रालयले भन्योः भोलिदेखि सवारी पास कसैलाई नदिनु

पोखरा, साउन २८ ।
विहिबारदेखि सवारी पास वितरण नगर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृहले सवारी पास वितरण रोक्न भनेको हो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपति आवतजावतमा पनि रोक लगाईएको छ । सरकारले लकडाउन खुकुलो बनाएपछि झनै संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने ४ सय ८४ संक्रमित थपिएका छन् ।