गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु

काठमाडौं, साउन १९ ।
गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।