गण्डकी सरकारले राजपत्र बेच्ने

पोखरा, भदौ ७ ।
प्रदेश सरकारले राजपत्रको दर निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वसाधारणलाई राजपत्र बेच्ने निर्णय गर्दै विक्रि दर समेत निर्धारण गरेको हो ।

सरकारले १ देखि १० पृष्ठसम्मको राजपत्रलाई १० रुपैयाँ लिने निर्णय गरेको छ । यस्तै, ११ देखि २० पेजसम्म २५ रुपैयाँ, २१ देखि ५० पेजसम्म ५० रुपैयाँ, ५१ देखि १०० पेजसम्म १ सय रुपैयाँ लिने गरी दर तोकिएको छ ।

प्रदेश राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि सदनमा पठाउने सरकारको निर्णय छ । यस्तै, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको प्रशासकीय कार्यविधि पनि सदनमा पेश गर्न सरकारले निर्णय गरेको छ ।