गण्डकी प्रदेश-कामविहिन संसद, सूचना टाँसेर बैठक स्थगीत

पोखरा, भदौ ११ ।
गण्डकी प्रदेशसभा बैठक एक साताका लागि स्थगीत भएको छ । सोमबार १ बजेका लागि डाकिएको बैठक १ घण्टाअघि स्थगीत भएको हो ।

विधायन समितिबाट आउनुपर्ने विधेयक नआएका कारण सदन स्थगीत भएको प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए । प्रदेशसभा सचिवालय ब्यवस्थापन कार्यविधि र प्रदेश कानुनको संशोधन विधेयक विधायन समितिमा छ ।

समितिको बैठक बस्न नसकेका कारण छलफल नै नभएको समितिका सभापति मोहन रेग्मीले बताए । ‘साथीहरु बाहिर हुनुभयो । बैठक बस्नै पाएको छैन, उनले भने–छिट्टै बैठक बसेर छलफल गर्छौं ।’ आउँदो बैठकमा विधेयक पेश गर्ने उनको भनाई छ ।

साउन ३१ गते बसेको बैठकले भदौ ११ गतेसम्म स्थगीत गरेको थियो । पछिल्लो समय संसद बैठक निकै लामो समयसम्म स्थगीत हुन थालेका छन् ।