गठबन्धनका उम्मेदवार घरदैलोमा

पोखरा, कार्तिक २८ ।
कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाले पोखरा–१५ मा बुधबार घरदैलो गरेका छन् । उनले थापाले त्यहाँका जनतासँग भोटमात्र मागेनन्, त्यहाँका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धतासमेत गरे । ‘म जनताको काम गर्नका लागि च उठेको हुँ,’ उनले भने, ‘जनताको साथले जितेर यहाँको विकासमा लाग्नेछु ।’
घ दैलोमा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी, सोही क्षेत्रका समानुपातिकतर्फका उम्मेदवारहरु सिर्जना शर्मा, भीमबहादुर कार्की र अशोक बूढा छन्त्याल र पोखरा–१५ का वडा अध्यक्ष प्रकाश पौडेलले जनतासँग भोट मागेका थिए ।
बुधबार वडा नम्बर १५ को प्रतिभा टोलबाट सुरु भएको प्रचारप्रसार हरियोखर्क, लक्ष्मी टोल, कोलपाटन, तल्लो नयाँगाउँ, माछापुच्छ्े मार्गसम्म पुगेको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका पूर्व उपाध्यक्ष रामराज पौडेलले बताए ।
थापालाई जिताउन युवा तथा विद्यार्थी परिचालन गरिने भएको छ । बुधबार क्षेत्र नं २ प्रदेश १ युवा तथा विद्यार्थी परिचालन कमिटीको भेलाले प्रदेश १ मा रहेका ५ वटा वडामा युवा तथा विद्यार्थी परिचालन कमिटी गठन गरेको हो ।
कास्की क्षेत्र नं २ प्रदेश १ युवा तथा विद्यार्थी परिचालन संयोजक शिव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्य, वाइसिएलका केन्द्रीय सदस्य नवीन गुरुङले वाम गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी, वडा नं ८ र १५ मा वाम गठबन्धन क्षेत्र नं २ का साझा उम्मेदवार रवीन्द्र अधिकारी र प्रदेश खका उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले संयुक्त घरदैलो गरी मत मागेका छन् ।