खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा गिरी
पोखरा, फागुन २५ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनमा निकटतम प्रतिश्पर्धी दीनानाथ बराललाई १ मतले पराजित गर्दै गिरी अध्यक्षमा बिजयी भएका हुन् ।
निर्वाचित अध्यक्ष गिरीले २४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी बरालले २३ मत प्राप्त गरे । कुल ५१ मत रहेको मञ्चमा ४८ मत खसेको थियो । १ मत भने दुबै जनाको पक्षमा नपरी खाली भएकोले बदर गरिएको थियो ।
मञ्चको उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा बिजय नेपाल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा शशी पौडेल निर्विरोध निर्वाचित भए ।
त्यस्तै मञ्चको खुल्ला सदस्यहरुमा उमेश पुन, नारायण शाही ठकुरी र रोशन अधिकारी निर्विरोध चयन भए । यसैगरी समावेशी सदस्यमा सुशील नेपाली (दलित), कविता घर्ती मगर (महिला) र गीता रानामगर (आदिवासी जनजाति) निर्विरोध चयन भएका छन् ।