कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली फेरि बेपत्ता

काठमाण्डौं, मंसिर २४ ।
भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो ।

दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् ।

उद्धार गरिएकासहित नौ जना अचानक बेपत्ता भएपछि खोजी हुनुपर्ने मागसहित दिल्लीमा प्रर्दशन भईरहेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।