कुन प्रदेशको राजधानी कहाँ ?

पोखरा, माघ ३ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो ।
प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि तत्कालका लागि अस्थायी राजधानी तोकिएको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । अहिले तोकिएको राजधानी उचित नलागेमा प्रदेशसभाले उल्टाउन सक्नेछ ।
कुन प्रदेशको अस्थायी राजधानी कहाँ ?
प्रदेश १ को विराटनगर
प्रदेश २ को जनकपुर
प्रदेश ३ को हेटौंडा
प्रदेश ४ को पोखरा
प्रदेश ५ को रुपन्देही
प्रदेश ६ को सुर्खेत
प्रदेश ७ को धनगढी