कास्की २ अपडेट : ५ ओटा वडाको मतगणना सकियो, नेकपाकी विद्या दोब्बर मतले अगाडि

 

पोखरा, मंसिर १५ ।

कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७ र १६ वडाको मत गणना सकिएको छ । पाँच वटा वडाको मत गणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराईले अग्रता लगेकी छन् । उनलाई कांग्रेसका खेमराज पौडेलले पछ्याइरहेका छन् ।

जारी मतगणना अनुसार १५ हजार ५ सय ८ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाएकी छन् । कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ७ हजार ८ मत ७ हासिल गरेका छन् । अहिलेसम्म महानगरपालिकाका १६, १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ । वडा नं. १६ मा नेकपा उम्मेदवार विद्या भट्टराईले ३७ सय ७८ मत पाएकी छन् भने नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले १९ सय १४ मत पाएका छन् ।

त्यस्तै पोखरा ३३ मा नेकपा उम्मेदवार विद्या भट्टराईले ३२ सय ७६ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले २१ सय १५ मत प्राप्त गरेका छन् । समाजवादीले ९५, राप्रपाले ४७, साझाले ३२, नेपाली काङ्ग्रेस बिपिले ७ मत प्राप्त गरेको छ । वडा नम्बर ३३ मा ५ हजार ६ सय ४३ मत खसेको थियो ।

पोखरा २१ मा नेकपा उम्मेदवार विद्या भट्टराईले ३५ सय २३ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले ९ सय ८० मत प्राप्त गरेका छन् । समाजवादीले १४ राप्रपाले ९०, साझाले ३० मत प्राप्त गरेको छ । वडा नम्बर २१ मा ४ हजार ७ सय ४३ मत खसेको थियो ।

पोखरा २० मा नेकपा उम्मेदवार विद्या भट्टराईले १४ सय ६६ मत पाएकी छन् । यस्तौ नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले ५ सय ८७ मत प्राप्त गरेका छन् । समाजवादीले ६३ राप्रपाले ४९, साझाले २८ मत प्राप्त गरेको छ ।वडा नम्बर २० मा २ हजार २ सय ४० मत खसेको थियो ।

पोखरा १७ मा नेकपा उम्मेदवार विद्या भट्टराईले ३४ सय ६५ मत पाएकी छन् । यस्तौ नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले २२ सय ११ मत प्राप्त गरेका छन् । समाजवादीले २ सय ३६ राप्रपाले ९६ , साझाले १सय ५१ मत प्राप्त गरेको छ । वडा नम्बर १७ मा ६ हजार ३ सय ८१मत खसेको थियो ।