कास्कीमा डेढसय मतदान स्थल तोकियो

पोखरा, कार्तिक ८ ।
आगामी निर्वाचनको लागि कास्कीमा १ हजार ६४ जना मतदाता बराबर १ मतदान केन्द्र कायम गरिएको छ । यसरी जिल्लामा कुल ३ सय १७ मतदान केन्द्र तोकिएको छ । मतदान स्थलको संख्या भने जिल्लामा १ सय ५० छ । जिल्लामा सबैभन्दा बढी मतदान स्थल क्षेत्र १ मा कुल ६२ वटा र सबैभन्दा कम क्षेत्र २ मा मात्र ३२ कायम गरिएको छ । यस्तै क्षेत्र ३ मा मतदान स्थलको संख्या ५६ छ ।
मतदान स्थलअन्तर्गत सबैभन्दा बढी मतदाता पार्दी मावि, पोखरामा कायम गरिएको स्थलमा छन् । यो मतदान स्थल कास्की क्षेत्र २ को प्रदेश क अन्तर्गत पर्दछ । यहाँ कुल ४ हजार ९ सय २७ मतदाता छन् । त्यसपछि दोस्रो धेरै मतदाता क्षेत्र २ को प्रदेश क अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा न. १५ को वडा कार्यालय भवन, कोलपाटनमा कुल ४ हजार ४ सय ८४ मतदाता छन् ।
सबैभन्दा कम मतदाता कास्की क्षेत्र १ प्रदेश ख स्थित मादी गाउँपालिकाको महेन्द्रोदय मावि, घ्यामराङ मतदान स्थलमा छन् । यहाँ मात्र ३ सय ६३ मतदाता छन् । दोस्रो कम मतदाता रहेको स्थल हो, पोखरा लेखनाथ महानगरपालिका वडा न. १ स्थित बालज्योति आधारभूत विद्यालय बगर। क्षेत्र ३ अन्तर्गत प्रदेश क मा पर्ने यस मतदान स्थलमा मात्र ४ सय ५ मतदाता छन् ।