कांग्रेस पनि तालमेलको प्रयासमा

काठमाण्डौं, असोज १८ ।
एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेलको प्रयास गर्ने संकेत गरेको छ । मंगलबार सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशरण महतसहितका नेताबीच यस विषयमा अनौपचारिक कुराकानी भएको थियो ।
बुधबारको कार्यसम्पादन समिति बैठकले विकसित राजनीतिक घटनाक्रमबारे थप छलफल गर्ने भएको छ । ‘हामी पनि अब पार्टीलाई थप एकताबद्ध गर्दै निर्वाचनमा होमिन्छौँ,’ महतले भने, ‘लोकतान्त्रिक शक्तिबीचको एकतालाई जोड दिन्छौँ । यस्ता शक्तिबीच तालमेलको प्रयास गर्छौं ।’
नयाँ पत्रिका दैनिकले खवर छापेको छ ।