कांग्रेसले सात जिल्लामा उम्मदेवार टुंग्यायो (नामावलीसहित)

काठमाडौं, कार्तिक १ ।
नेपाली कांग्रेसले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको हो ।
ताप्लेजुङमा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा प्रदेशसभाका लागि लीलादेवी बोखिम (क), दीपेन्द्रकुमार सेन्दाङ (ख), पाँचथरमा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल (ख) को नाम टुंगो लागेको हो ।
सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की (क), आङगेलु शेर्पा (ख), खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क), विष्णुकुमार राई (ख), मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख) को नाम बैठकले टुंग्याएको हो ।
यसैगरी, हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क), जीवनबहादुर शाही (ख) र जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क) र दीपकजंग शाह (ख) उम्मेदवार छनोट गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।