काँग्रेस जनताको हेरालो–देवराज चालिसे

पोखरा, मंसिर १२ ।
नेपाली काँग्रेसका नेता कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसमा सदस्य उम्मेदवार देवराज चालिसेले काँग्रेस जनताको हेरालो भएको बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्दै उनले जनताका हरेक सुखदुखमा सारथी भएर खडा हुने प्रतिबद्धता जनाए । पोखरा १६ दिपका मतदातासँग भेटेर चालिसेले जनता सुखी बनाउने र नेतालाई सेवकको रुपमा स्थापित गर्ने दावी गरेका छन् । ‘नेता भनेको जनताको सेवक हो । हामी सेवा गर्नकै लागि राजनीति गरिरहेका छौं, उनले भने–जनतासँग गरेका सबै बाचा सत्तामा पुग्दा पनि भुल्नेछैन । जितेपछि पनि यसै गरी तपाईँका घरदैलो आईपुग्छु ।’
जनतामा राजनीति प्रति सचेतना आईसकेकाले विगतको गल्ती नदोहो¥याउने चालिसे बताउँछन् । ‘पहिलेका प्रतिनिधीले के काम गरे तपाईँहरुलाई प्रष्टै थाहा छ । सांसदले कति विकास दिए छर्लङ्गै छ, घरदैलोमा उनले भने–अघिल्ला प्रतिनिधी देखेर तपाईँलाई अत्यास लागेको छ । त्यसको विकल्प म हुँ ।’ कास्कीका समस्या संसदमा पु¥याएर ठोस योजना कार्यान्वयन गर्ने भन्दै उनले आफुँलाई भोट दिन मतदातासँग आग्रह गरेका छन् ।