काँग्रेसले थाल्यो लोकतान्त्रिक एकता

काठमाडौं, असोज १८ ।
बामपन्थी दलहरु एक ठाउँमा आएसँगै नेपाली काँग्रेसले पनि लोकतान्त्रिक एकताको पहल शुरु गरेको छ । चुनावी एकताका काँग्रेसले आफूसँग विचार मिल्ने विभिन्न पार्टीका नेताहरुलाई भेट्ने क्रम थालेको छ ।
काँग्रेस नेता महेश आचार्यका अनुसार आज लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादार, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर, राजपाका शिर्षस्थ नेता र संघीय समाजवादी फोरमका उपेन्द्र यादवसँग छलफल गर्ने तयारी गरेको छ ।
गच्छादार, राप्रपाका अध्यक्ष कमल थापा र फोरमका यादवसँग पहिलो चरणमा हिजै कुराकानि भएको पनि उनले जानकारी दिए । उनले भने, ‘छलफलको सुरुवात हिजै भइसकेको छ । आज पुन थप कुराकानी गर्नै तयारी भयरहेको छ ।’