औद्योगिक ब्यापार मेला–टिकट काटेर मेला हेर्नुस्, कार चढेर घर फर्किनुस्

पोखरा, पुस २६ ।
यसपालीको औद्योगिक ब्यापार मेलामा दर्शकलाई गज्जबको स्किम छ । टिकट काटेर मेला हेर्दा आयोजकले कार उपहार दिन्छ । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने महोत्सवमा सबै दिन टिकट काटेर मेला हेर्न पुग्ने दर्शकमध्येबाट लक्की ड्र मार्फत एकजनालाई कार उपहारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । ‘हामीले मेलामा टिकट काटेर आउने दर्शकलाई मेला हेरेपछि अन्तिम दिन गाडी चढेर जाने व्यवस्था मिलाएका छौँ’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने,‘तपाईँले काटेको टिकटबाट गोलाप्रथाबाट बिजेता हुने एक जनालाई हामीले गाडीको व्यवस्था गरेका हौँ ।’
अध्यक्ष पालिखेका अनुसार बिजेतालाई हुण्डाई कम्पनीको इवन गाडी उपहारस्वरुप प्रदान गरिनेछ । सो गाडीको हालको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ । मूल्य अभिवृद्धि करसहितको मेलाको टिकट मूल्य विद्यार्थीको लागि ४० र सर्वसाधारणको लागि ६० रुपैयाँ कायम गरिएको छ । बम्बर उपहार खोल्ने विधी पारदर्शी बनाइने जनाउँदै उहाँले आफूले काटेको टिकटको अर्धकट्टी सुरक्षित राख्न पनि अनुरोध गरेका छन् । संघले यस अगाडिका मेलाहरुको प्रवेश टिकटमा पनि विभिन्न उपहार राख्ने गरेको थियो । प्रवेश टिकटमा मनकामना तथा चन्द्रागिरि केवलकारको टिकटहरु पनि उपहारमा राखिएको संघका महासचिव दामु अधिकारीले जानकारी दिए । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म मेलाको आयोजना हुन लागेको हो । मेलाका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको तथा सबै स्टलहरु बुकिङ सकिएको उनले बताए ।
मेलाका २ सय ८० वटा स्टलहरु रहेका छन् । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजित पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने आयोजकको अपेक्षा रहेको छ । मेला प्रदेश नम्बर ४को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको अध्यक्ष पालिखेको भनाई रहेको छ ।
नेपाल मोवाइल बितरक संघले आयोजना गर्दै आएको दोस्रो मोवाइल मेला समेत यही मेलामा समाहित हुँदा सूचना प्रविधीको जानकारी लिने अवलोकनकर्ताको लागि पनि मेला पुग्नै पर्ने गन्तव्य बन्ने अपेक्षा राख्दै उहाँले मेलाको सुरक्षा र व्यवस्थापनमा कुनै कमी नराख्ने प्रतिवद्धता जनाए । मेलाको समुद्घाटनको पूर्वसन्ध्यामा पुुस २७ गते बिहान १०ः३० बजे संघको सचिवालयबाट प्रदर्शनीकेन्द्रसम्म प्रभातफेरीको आयोजना हुने उल्लेख गर्दै उहाँले प्रभातफेरीमा सहभागि हुने आमा समूहहरुलाई मेलाप्रति अपनत्व होस् भन्ने हेतुले सानो जिन्सी उपहारको व्यवस्था गरेको जानकारी दिए ।