एमाले अध्यक्ष थापाले मत हाले

पोखरा, मंसिर २१ ।
नेकपा एमाले कास्कीका अध्यक्ष तथा कास्की क्षेत्र नम्बर २ (क) का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाले मतदान गरेका छन् । उनी आफ्ना लागि मतदान गर्न नपाउने उम्मेदवार हुन् । थापाले विहिबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर स्थित विन्ध्यवासिनी माविबाट मतदान गरेका हुन् ।
मतदानपछि उनले वाम गठबन्धन बहुमतका साथ विजयी हुने बताए । आफ्नो लागि मतदान गर्न नपाएपनि मतदाताले आँफुलाई विश्वास गरेको उनको दावी छ । २ (क)बाट उम्मेदवार बनेका उनी २ (ख) का मतदाता हुन् ।

उनको निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट माओबादी नेता कास्की इन्चार्ज राजकाजी गुरुङ र काँग्रेसबाट विन्दुकुमार थापा उम्मेदवार छन् ।