‘एमालेलाई भोट दियौं, फर्केरै आएनन्’–निर्मलपोखरीबासी

पोखरा, मंसिर १४ ।

पोखरा २१ निर्मलपोखरीका स्थानीयले यसअघिका प्रतिनिधी चुनावका बेला भोट माग्न मात्रै आएकाले यसपाली भोट नदिने बताएका छन् । पटकपटक चुनाव जिताएर पठाएपनि सांसदहरु फर्केर जनताको समस्या सम्बोधन नगरेको भन्दै उनीहरुले यसपाली एमालेलाई भोट नदिने बताएका छन् ।
घरदैलोका क्रममा निर्मलपोखरी पुगेका काँग्रेस उम्मेदवारलाई स्वागत गर्दै उनीहरुले दुई पटक एमालेलाई बिजयी गराएर कुनै परिवर्तन नभएको गुनासो गरे । उनीहरुले यसपालीको चुनावमा काँग्रेसका उम्मेदवारहरु देवराज चालिसे र गुरु बराललाई बिजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
स्थानीयहरुसँग कुराकानी गर्दै कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले विपक्षीहरु चुनाव जित्न मात्रै पहल गर्ने तर नेतृत्वमा पुगेपछि विकास निकास दिन नसक्ने भएकाले भ्रममा नपर्न आग्रह गरे । ‘महेन्द्रपुलको चाहना र निर्मलपोखरीको चाहना फरक छ । विपक्षीहरु पहिलै विकास भएको महेन्द्रपुल देखाएर अफवाह फैलाउँदै हिडेका छन्, उनले भने–देशभरीकै विकास गरेको जस लिनेले आफ्नै निर्वाचन क्षेत्रमा खानेपानीको हाहाकार किन देखेनन् ?’
चालिसेले आयआर्जनमा आत्मनिर्भर बनाउन आफ्नो पार्टीको योजना रहेकोले त्यसलाई कार्यान्वयन गर्ने अवसर जुटाईदिन मतदातासँग आग्रह गरे । दिएको मत जनताको हितमा हुनुपर्ने भन्दै उनले बजेट अभावमा परेको यस निर्वाचन क्षेत्रको जिम्मा आफुँले लिने दावी गरेका छन् । योजनाबद्ध तवरबाट पर्यटन, स्वास्थ्य शिक्षा विकास निर्माणमा सेवक भएर काम गर्ने बताउँदै निर्मलपोखरी बासीले मन परिवर्तन गरी रुख चिह्नमा मत दिएर काँग्रसको उम्मेदवारलाई जिताउन आग्रह गरे ।
प्रदेशसभा (क) का उम्मेदवार गुरुप्रसाद बरालले स्थानीयसँग हातेमालो गर्दै विकासमा जोड दिन आवश्यक भएको उल्लेख गरे । ‘जनताको आवश्यक्ता काँग्रेसले मात्रै पूरा गर्छ । हामी समृद्धीको ढोका खोल्न बलियो टिम लिएर आएका छौं, उनले भने–भोट माग्न मात्रै होईन, सँधै तपाईँहरुसँगै रहन्छौं । हामीलाई भोट दिनुस् ।’
घरदैलोका क्रममा काँग्रेस नेताहरु नरबहादुर राना, केवल गिरी, बृन्दा राना, गुरु बराल, केशर निर्दोषी, शोभाखर लामिछाने, मिनाकुमारी थापा, पवित्रा भण्डारी, खडानन्द लामिछाने, कुलबहादुर भण्डारी, प्राडा रामचन्द्र पोखरेल, सुवेदार भीम बहादुर राना, युवा नेता नारायण थापा, बलबहादुर नेपाली, बलबहादुर आले लगाएतले विकासको लहरका लागि काँग्रेसलाई बिजयी गराउन आग्रह गरे । स्थानीय चुनावबाट जनता सचेत भैसकेको भन्दै निर्मलपोखरीबासीले चालिसे र बराललाई बिजयी गराउने दोहो¥याए ।