एउटा जग्गा देखाएर अर्को बेच्न खोज्ने महिला प्रहरी फन्दामा
काठमाण्डौं, जेठ ११ ।
ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले घरजग्गाको कारोबार गर्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ८ घर भएकी ३८ वर्षीय निलम गुरुङलाई नियन्त्रणमा लिएको हो ।
उनले सुन्टोल गाविस वडा नम्बर ३ मा रहेको एउटा कित्ता देखाई लप्सीफेदीको अर्को जग्गा अमिन समेत लगी ठगी गरेको प्रहरीको दावी छ । उनले अर्कै जग्गा देखाएर एक करोड पचास लाख रुपैयाँ ठगी गरेको देखिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
प्रारम्भीक अनुसन्धान अनुसार उनले तुलसीप्रसाद देवलाई इटहरीको १० कट्ठा जग्गा मिलाई दिन्छु भनेर ६० लाख रुपैयाँ ठगी गरेको देखिएको छ ।