उवासंघ मकवानपुरको चुनाबी चहलपहल

हेटौंडा, पुस ७ । यही पुष १५, १६ र १७ गते हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवार कृष्ण कटुवालले प्यानल घोषणा गरेका छन् । शुक्रबार हेटौंडामा पूर्व अध्यक्षहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरी कटुवालले आफ्नो उम्मेदवारीको बिषयमा जानकारी दिँदै प्यानल घोषणा गरेका हुन् । कटुवालको प्यालनबाट वाणिज्यतर्फको उपाध्यक्षमा दीपक शर्मा ढकाल, उद्योगतर्फको उपाध्यक्षमा माधव न्यौपाने, एशोसिएट तर्फको उपाध्यक्षमा गणेशप्रसाद भेटवाल र वस्तुगततर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने रहेका छन् ।

सदस्यतर्फ कटुवालको प्यानलमा वाणिज्यतर्फ अनिल अग्रवाल, काव्यमणि अधिकारी, रबि कँडेल शर्मा, माधव ज्ञवाली, कुलप्रसाद चौलागाइँ र अनिलभक्त श्रेष्ठ रहेका छन् भने उद्योगतर्फको सदस्यमा प्रमोदसिँह रानाभाट, छतेन्द्र आचार्य, सन्तोष अर्याल र रुपकराज दाहाल रहेका छन् । यस्तै एशोसियटतर्फको सदस्यमा बिष्णु खनाल, बिष्णुगोपाल महर्जन, राजाराम कार्की र दीपक उप्रेती रहेका छन् भने वस्तुगततर्फ सुनिल अधिकारी रहेका छन् ।

एशोसियट तर्फको बहुराष्ट्रिय तर्फको सदस्य, वस्तुगत तर्फको बाँकी एक सदस्य र महिला तर्फको सदस्यको घोषणा केही दिनमा गरिने अध्यक्ष पदका उम्मेदवार कटुवालले जानकारी दिए । पत्रकार सम्मेलनमा मउवा संघका पूर्व अध्यक्षहरु भुवनलाल श्रेष्ठ, अरुणराज सुमार्गी, उत्तम शर्मा ढकाल, जीवनकाजी माकाजु श्रेष्ठ, दीपक श्रेष्ठ र केशवलाल श्रेष्ठको उपस्थित रहेको थियो ।

उवासंघको नेतृत्वका लागि वर्तमान महासचिव महेन्द्र राउतले उम्मेदवारी दिएका छन् । राउतको टिमबाट उद्योगतर्फको उपाध्यक्षमा रबिन्द्र घिमिरे, वाणिज्य तर्फको उपाध्यक्षमा कृष्णकुमार गुप्ता अग्रवाल, वस्तुगत तर्फबाट रामप्रसाद न्यौपाने तथा एशोसियटतर्फबाट यम शिलवाल र उज्वल चौलागाइँमध्ये एकजना उम्मेदवार हुन सक्ने बताइएको छ । वर्तमान अध्यक्ष राजकुमार न्यौपाने र उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले महेन्द्र राउतलाई समर्थन गर्ने घोषणा गरेपछि अब राउत र कटुवालको बीचमा चुनावी भिडन्त हुने भएको हो । संघमा अध्यक्ष, चार उपाध्यक्ष, एशोसियट, उद्योग, वाणिज्य र वस्तुगत गरी २२ जना कार्यसमिति सदस्यका लागि यही पुस १७ गते निर्वाचन हुँदैछ ।