उपनिर्वाचन अनुगमन गर्न कांग्रेसले बनायो समिति
काठमाडौं, कार्तिक २४ ।
मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।
समितिको सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल र सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेका छन् ।
समितिले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना तथा प्रभावकारी कार्यान्वयन भएको वा नभएको र उपनिर्वाचन सुरक्षा व्यवस्थाबारे अनुगमन गर्नेछ ।
त्यस्तै उपनिर्वाचनको सुरक्षा व्यवस्थापन हेरी निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पार्टीको उम्मेदवार र सदस्यहरुलाई चुनाव प्रचारमा परिचालन गर्ने, मतदातालाई मतदान गर्न प्रेरित गर्ने, स्वतन्त्र मतदान र मतगणना व्यवस्थित गर्ने लगायतको काम गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
(अनलाइनखबरबाट साभार)