उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने : आयुक्त थपलीया

 

काठमाडौं, मंसिर १४ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले ५२ पदका लागि भइरहेको उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने बताएका छन् ।

उनले शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो भन्ने सन्देश दिन आयोग प्रयासरत रहेको बताए ।

उनले निर्वाचनको अनुगमन र निरीक्षणका लागि पर्यवेक्षण गर्ने संस्था र नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारी खटाइएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी दिनमा गरिने निर्वाचनका लागि पनि उपनिर्वाचनले आधार प्रसस्त गर्ने दावी गरे । (ईमेजखबरबाट साभार)