आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुन्छः मन्त्री बाँस्कोटा

 

जनकपुर, साउन २१ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने बताएका छन् ।

आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान संविधान अहिलेसम्मकै उत्कृष्ट रहेको दाबी गर्दै त्यसलाई आवश्यकता र औचित्यको आधारमा संशोधन गरिने धारणा राखेका थिए ।
तिन तहकै सरकारले आ–आफ्ना जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले प्रदेश २ सरकार जिम्मेवारी छाडेर एक कदम अगाडि बढ्न खोजेको आरोप लगाए ।

सञ्चारमन्त्री बांस्कोटाले विकास नै प्रमुख प्राथमिकतामा भएकाले बजेटको समयमै सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश २ मा नेपाल रेल्वे, निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल,मदन भण्डारी राजमार्ग,कोशी करिडोर, नारायणी करिडोरलगायतका परियोजनाहरु सञ्चालनमा ल्याएको जानकारी दिए ।

सरकारका मन्त्रीहरुले गर्ने कामको मूल्यांकन पनि स्वयं नेपाली जनताले नै गर्ने उनको भनाइ थियो ।