आयोे च्याङ्ग्रा–लाग्यो दशैं (फोटो फिचर)

गीता रानामगर
मुस्ताङ, असोज ८ ।
हिमालपारीको जिल्ला मुस्ताङ र डोल्पाबाट धमाधम भेडाच्याङ्ग्रा झार्न थालिएको छ । दशैंलाई लक्षित गरी ल्याईएका भेडाच्याङ्ग्रा यतिबेला म्याग्दी र पर्वतसम्म आईपुगेका छन् ।

अघिल्लो बर्षहरुमा भन्दा यसबर्ष भेडाच्याङ्ग्राको मुल्य केही बढी छ । हिउँदमा परेको हिमपातका कारण धेरै भेडाच्याङ्ग्रा मरेपछि केही मूल्य बढेको हो ।

अघिल्लो बर्ष २८ हजारसम्म विक्रि भएको च्याङ्ग्रालाई यो बर्ष ब्यापारीले बाटैमा ३० हजारसम्म विक्रि गरेका छन् । पोखरामा ३० देखि ३२ हजारसम्म मुल्य पर्ने ब्यापारीहरुले बताएका छन् ।

मुस्ताङ, डोल्पा र चीनदेखिका भेडाच्याङ्ग्रा पोखरा हुँदै काठमाण्डौं र बुटवल लगायत देशका विभिन्न शहरमा पुर्याईन्छ । उपभोक्तालाई सस्तोमा उपलब्ध गराउनका लागि पोखरा महानगरपालिकाले भेडाच्याङ्ग्रामा लगाउँदै आएको विटौरी कर नलिने निर्णय गरेको छ ।