आज संविधान दिवस–मुख्यमन्त्रीले दिए शुभकामना

पोखरा, असोज ३ ।
२०७२ सालमा नेपालको संविधान निर्माण भएपछि अहिले चौंथो संविधान दिवस मनाउने संघारमा छन् नेपालीहरु । असोज ३ अर्थात ४ बर्षअघि आजकै दिन दुई तिहाई भन्दा बढी सांसदको समर्थनबाट संविधान जारी भएको थियो ।

नेपाली जनताको लामो संघर्ष र वलिदानबाट गठित संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिएका छन् । प्रेस विज्ञप्ती जारी गरी उनले संघीयताको कार्यान्वयन र अधिकार बाँडफाँटमा संविधानले दिशा निर्देश गरेकोले सोही अनुसार कार्यान्वयनमा जुट्नुपर्ने उनको भनाई छ ।

उनले प्रदेशमा ूसमृद्ध प्रदेश, सुखी जनताूको नारा साकार सरकार निरन्तर लागिरहेको जानकारी गराए । राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधीनता, राष्ट्रिय हित र सामाजिक सदभाव् कायम भई स्थिरता, शान्ति सुव्यवस्थाका माध्यमबाट समृद्ध प्रदेश, सुखी जनताको महान अभियानमा सवैको सहयोग र समर्थनको अपेक्षा रहेको उनको भनाई छ ।