“अरुलाई हेर्यौं अब काँग्रेसको पालो”

पोखरा, मंसिर १४ ।
कास्की क्षेत्र नं २ प्रदेश सभा खका उम्मेदवार विन्दुकुमार थापाले आफनो घरदैलो अभियानलाई १६ नम्बर वडा बाटुलेचौरलाई टुंग्याउने तयारीमा गरेका छन् । तीनदिनसम्म लगाएर आफनो अभियानलाई पूरा गर्ने तयारीमा छन् । दोस्रो चरणको चुनावको मिति नजिकिदै गर्दा थापाले घरदैलो अभियानलाई निरन्तरता दिईरहेका छन् ।
१६ नम्बर वडा नेपाली काँग्रेसमा आमन्त्रित सदस्य एवं पुर्व मन्त्री कुमार खड्काको गृह वडा पनि हो । खड्काले आफनै नेतृत्वमा थापालाई घरदैलोमा सहभागिता गराईरहेका छन् । प्रत्येक घरमा पुर्याई रुखमा भोट मागिरहेका छन् ।
सडक फराकिलो पार्ने काम भईरहेको छ । धुलो उडेर हिड्न पनि अप्ठ्यारो भईरहेको छ । तर पनि उम्मेदवार थापाले चुनावी अभियानलाई भने धुलोको प्रवाह नगरी मतदाताको पुगिरहेका छन् । स्थानीयको लगाव पनि काँग्रेसको पक्षमा देखिदैं गएको छ ।
बयोबृद्ध होस या युवापुस्ता सबैले एक पटक नेपाली काँग्रेसलाई भोट दिने बचन दिएका छन् । “विगतमा अरुलाई हेरियो । यो पटक काँग्रेसलाई भोट दिएर हेर्ने छौं ।” घरदैलो अभियानको क्रममा घर घरमा पुग्दा थापालाई बचन दिदैं स्थानीयबासिन्दाले भने–“अब नारा र आश्वासन होईन, विकासका योजना लिएर आउनेलाई भोट दिन्छौं ।”
हुन त थापा पोखराकै स्थायी बासिन्दा हुन् । त्यसैले पनि उनलाई पोखराको विकासमा खटिने प्रतिबद्धता गरिरहेका छन् । थापा समक्ष धेरै जनगुनासा आईरहेका छन् । आफनो तर्फबाट गुनासालाई सम्बोधन गर्दै लैजाने प्रतिबद्धता उनले दोहोर्याईरहेका छन् ।