नेपाली कांग्रेसले काम गर्छ तर काम गरेको प्रचार गर्न सक्दैन : केन्द्रिय प्रतिनिधि श्रेष्ठ
पोखरा, असोज ४ ।
नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं ९ मा क्रियाशिल कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम शनिबार वडा नं ९ मा सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि हरिप्रसाद श्रेष्ठले अन्तरक्रियाबाट आएका सुझावलाई लिपिबद्ध रुपमा केन्द्रमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । पार्टीलाई अझ सशक्त बनाउनका निम्ति दोस्रो चरणको अभियानले महत्वपुर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो । ‘दुईतिहाईको सरकार काम गर्न भन्दा पहिले नै प्रचारप्रसारमा बढी लाग्छन् तर नेपाली कांग्रेसले काम गर्छ तर काम गरेको प्रचार गर्न सक्दैन्,’ उनले भने । काम गरेपनि प्रचारलाई महत्व नराख्नु पार्टीको कमजोर पक्ष रहेको उनले बताउनभुयो ।
नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. ९ का सभापति उमा कुमारी ठकुरीले पार्टीमा रही निरन्तर लागि परेका कार्यकर्ताहरुलाई एकजुट बनाउने अभियान रहेको बताए । सरकारले गरिरहेका हर्कतलाई प्रतिपक्षी भएर टुलुटुलु हेर्ने अवस्था नरहेको उनको तर्क थियो । उनले सम्पुर्ण जनताको हितलाई सर्वोपरी ठान्ने पार्टीले सकरात्मक कदम चाल्नु आजको आवश्यकता रहेकोमा जोड दिए ।
त्यस्तै वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले पार्टीकै वयक्तिहरुबाट खुट्टा तान्ने प्रविधि रहेको गुनासो गरे । काँगे्रसलाई काट्ने काँग्रेस रहेको समेत उनको भनाई थियो ।
सो अन्तरक्रियामा सहभागी कार्यकर्ताहरुले टाउकाहरुको भरले अब पार्टी अगाडी बढ्न निकै कठिन रहेको बताएका थिए । पार्टीमा युवाहरुको जमात खडा गर्न कुनै पनि पहल नगरिएको जस्ता गुनासा कार्यकर्ताले राखेका थिए । साथै भातृसंगठन, शुभेच्छुक संस्था सँगै नयाँ पूस्तालाई आकर्षण गराउने कार्यक्रम प्रस्तुत गर्न उनीहरुले केन्द्रीय नेताहरुलाई सुझाव समेत दिएका थिए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य सांसद विन्दा देवी राना, नेपाली काँगेस्र महासमिति सदस्य देवराज चालिसे, नेपाली काँगे्रस महासमिति सदस्य एवं पुर्व सभापति सोभियत बहादुर अधिकारी, महाधिवेशन प्रतिनीधी, क्षेत्र नं. २(ख) का सभापति दिपेन्द्र मर्सानी, वडा ईकाई सभापतिहरु एवं नेपाली काँग्रेसमा क्रियाशिल सदस्यहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।