लेखनाथमा अफिस चोरी

पोखरा, मंसिर २२ ।
पोखरा २७ तालचोकमा शुक्रबार राती अफिस चोरी भएको छ । तालचोक स्थीत गार्डेनसिटी ट्राभल्समा अज्ञात व्यक्तिले करिव डेढलाख बराबरको सामान चोरेर लगेका सञ्चालकले जनाएका छन् ।

अफिसको सटर बन्द भएपनि पछाडीपट्टीको ढोकाको चुकुल फोरेर चोरिएको थियो । अफिसबाट दुइवटा ल्यापटप र नगद हराएको छ ।

बिहान १० बजे अफिस को सटर खोल्दा पछाडिपट्टीको ढोका खुल्लै देखेपछि चोरीभएको थाहाभएको थियो । उक्त घटनाका बारेमा इलाका प्रहरी कार्यालय डाँडाको नाकमा उजुरी गरिसकिइएको उक्त कार्यालयका प्रबन्धक सन्दिप पौडेलले बताए ।