पोखराका विभिन्न ठाउँबाट मोवाईल चोर्ने पक्राउ

पोखरा, असोज १ ।
पोखराका विभिन्न ठाउँबाट मोवाईल चोर्ने पक्राउ परेका छन् । धेरु ठाउँबाट मोवाई चोरी भएको गुनासो आएपछि खोजी गर्ने क्रममा पोखरा १८ सराङकोटबाट मोवाईल सहित एकजनालाई पक्राउ गरेको हो ।
२२ बर्षिय बिशाल गुरुङलाई चोरीका ६ थान मोवाईल सहित पक्राउ गरी कारबाही सुरु भएको प्रहरीले जनाएको छ । उनको साथबाट लेनोभो ए १००० एकथान, एप्पल आईफोन ६ एकथान, सामसुङ डुज एकथान, सामसुङ ग्यालेक्सी जे टु एकथान, भिभो १ थान र सामसुङ जे टु एकथान बरामद गरिएको कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।