तीनतला माथीबाट लडेर पोखरामा एकजना घाईते

पोखरा, भदौ २० ।
पोखरा महानगरपालिका १८ भकुण्डेमा तीनतला माथीबाट खसेर एकजना घाईते भएका छन् । घर बनाउने क्रममा भकुण्डेका ४२ बर्षिय मीनबहादुर गुरुङ घाईते भएका हुन् ।

उनको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।