पोखरा महानगर–बजारका फोहोर गाउँका जंगलमा, वडाले लियो जरिवाना

पोखरा, भदौ २० ।
वडा नम्बर २१ को कृष्ती वडा कार्यालय नजिकै फोहोर फाल्ने गाडीलाई वडा कार्यालयले कारबाही गरेको छ । केही समयअघि फोहोर फालेको गाडी धनीलाई बोलाएर बुधबार ५ हजार रुपैयाँ जरिवाना तिराईएको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए ।

‘पोखराका शहरी क्षेत्रबाट गाडी भरेर फोहोर ल्याएको भेटियो । जथाभावी फालेपछि गाडीधनीलाई बोलाएर जरिवाना लिईएको हो, उनले भने–वडामा मनपरि फोहोर फाल्न निषेध गरिएको छ ।’

ग १ ख ७११० नम्बरको गाडीबाट फोहोर ल्याएर जथाभावी फ्याँकिएको उनले बताए । पोखराका अरु वडाहरुले पनि फोहोर जथाभावी फालेको भन्दै जरिवाना लिन थालेका छन् । उपभोक्ता चाहीँ नगरपािलकाले समयमा गाडी नपठाएका कारण बाध्य भएर फोहोर फ्याँक्न बाध्य भएको बताउँछन् ।