तास खेल्ने १७ जना पोखराबाट पक्राउ, पुरुषभन्दा महिला बढी

पोखरा, साउन २९ ।
पोखराबाट जुवातास खेल्ने १७ जना पक्राउ परेका छन् । पोखरा १० मिलनटोल बस्ने ज्ञानु हमालको डेरामा तास खेलिरहेका उनीहरुलाई १ लाख २ हजार नगद सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ९ जना महिला छन् भने ८ पुरुष छन् ।

पोखरा १४ मझेरिपाटनकी ज्ञानु हमाल, मादी गाउँपालिका ३ का भुवहादुर गुरुङ, लमजुङ पसगाउँकी अस्मिता गुरुङ, मादी ३ का डम्बरबहादुर गुरुङ, पोखरा १० का बलबहादुर गुरुङ पक्राउ परेका छन् ।

यस्तै, सोही ठाउँकी इन्द्रा गुरुङ, राधेश्याम भुजेल, लमजुङ क्होंलासोथरका मनबहादुर गुरुङ, मादी २ कि हिमकुमारी गुरुङ, खोटाङकी इन्द्रा राइ, मादी २ की केशकुमारी गुरुङ, खोटाङकै राजलक्ष्मी राई पनि पक्राउ परेकी छिन् ।

माछापुच्छ्रे गाउँपालिका २ की सुककुमारी गुरुङ, मादी ९ कि सीता नेपाली, स्याङजा विरुवाका लिलमान थापा, पोखरा १३ आर्वका यमबहादुर गुरुङ र पोखरा १२ ढिकालेथरका विनोद गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सबैलाई सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर जुवा अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाईएकको प्रबक्ता सुवास हमालले जानकारी दिए ।