नयाँ नेतृत्वका लागि एनआरएनएको चुनावी कार्यक्रम प्रकाशितः १२ पदमा ४२ जना चुनिने
काठमाडौं, असोज २७ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित भएको छ । विश्व सम्मेलनको उदघाटन मंगलबार काठमाडौंमा गरिँदैछ । सम्मेलन १५ देखि १७ अक्टोबर अर्थात् २८ देखि असोज ३० सम्म चल्नेछ ।
काठमाडौंको हायत होटलमा हुने नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा यस पटकदेखि १२ पदमा ४२ जना निर्वा्चित हुने व्यवस्था गरिएको छ । संघको निर्वाचन समितिका अनुसार विश्व सम्मेलनबाट ४२ जना उम्मेदवार चुनिने छन् ।
विधानको नयाँ व्यवस्थाअनुसार संघको अध्यक्ष एक, उपाध्यक्ष ५ (एक महिलासहित), महासचिव १, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक १र१ जना निर्वाचित हुनेछन् ।
यसैगरी प्रत्येक क्षेत्रीय समितिबाट एकरएक गरी ६ जना क्षेत्रीय संयोजक चुनिने छन् । क्षेत्रीय उपसंयोजकमा भने यसपटक युरोप क्षेत्रबाट ३ जना चुनिने छन् । युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने नयाँ व्यवस्था पनि विधानले गरेको छ ।
एशिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २र२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट भने १र१ जना क्षेत्रीय उपसंयोजकमा चुनिने छन् ।
प्रत्येक क्षेत्रबाट १र१ जनाका दरले ६र६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक पनि चुनिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनको सबै काम बुधबार २९ गते सकाउने गरी निर्वाचन समितिले कार्यक्रम प्रकाशित गरेको छ । उद्घाटन सत्रको भोलिपल्ट उम्मेदवारको मनोनयन दर्तादेखि मतदान र मतगणनासमेत सकाउने गरी कार्यक्रम प्रकाशित गरिएको छ । मतदानका लागि बुधबार दिउँसो ३ देखि राति ८ बजेसम्मको समय तोकिएको छ ।
एनआरएनएको आगामी आगामी नेतृत्व लिन कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा ओर्लिएका छन् । पन्त जर्मनी तथा आचार्य बेलायतबाट प्रतिनिधित्व गर्दछन् । हाल दुबैजना उपाध्यक्ष रहेका छन् ।
(ईमेजखबरबाट साभार)