पोखरामा जनप्रतिनिधिकै अगाडी कर्मचारी कुटिएपछि ….

पोखरा, भदौ २३ ।
पशु सेवा महाशाखा पोेखरा महानगर अन्तर्गत वडा नम्बर २१ मा खटिएका नायव पशु स्वास्थ्य प्राविधिक दीपेन्द्र बास्तोला कुटिएका छन् । वडाध्यक्ष खगराज आचार्यकै अगाडी सेवाग्राही चन्द्रा रानाभाटले उनीमाथी हातपात गरेकी हुन् ।

विदाको दिन सेवा नदिएको आक्रोशमा उनी बास्तोलामाथी खनिएकी वडाध्यक्ष आचार्यले बताए । घटनाको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले विरोध जनाएको थियो । महासचिव सुरेशकुमार श्रेष्ठले विज्ञप्ती नै निकालेर घटनामा संलग्न दोषीमाथी कारबाहीको माग गरेका थिए ।

वडाध्यक्षकै कार्यकक्षमा कर्मचारीमाी साँघातिक आक्रमण भएकोले सुरक्षित रुपमा काम गर्ने वातावरण नरहेको नेल्टाको भनाई छ । नेल्टाले कर्मचारीको सुरक्षाको माग समेत गरेको छ ।

चौतर्फी विरोधपछि आक्रमण गर्ने रानाभाटले माफी मागेकी छिन् । महानगरको न्याय कानून तथा मानव अधिकार प्रवद्र्धन महाशाखामा आज कार्यवाहक महानगर प्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा भएको छलफलमा सेवाग्राही रानाभाटले आफूबाट आवेशमा आई भुल भएकाले अव उप्रान्त त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाईन् ।

यही फागुन २१ गते शनिबारको दिनमा रानाभाटले पालेको बाख्रा विरामी भएपछि बास्तोलालाई सम्पर्क गरेको र उनी नआएको कारणले आफ्नो बाख्रा मरेको भन्दै आइतबार वडा कार्यालयमा वडाध्यक्ष लगायतका जनप्रतिनिधिको अगाडीनै बास्तोलालाई हातपात गरेकी थिईन् ।