प्रजातान्त्रिक युवा संगठन कास्कीमा बिजय

पोखरा, साउन ३२ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ‘राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन’को कास्की अध्यक्षमा बिजयबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको भेलाले उपाध्यक्षमा विक्रम श्रेष्ठ, दुर्गाबहादुर आले, सचिवमा सौरभ त्रिपाठी र कोषाध्यक्षमा कमला थापा चयन भए ।

नव गठित कार्यसमिति सदस्यहरुमा प्रविण गुरुङ, शिव बानियाँ, सिजन सेञ्चुरी, आयुष श्रेष्ठ, सुशन विश्वकर्मा, समिर थापा, नोबेल प्रधान, सन्तोष लामा, मिलन परियार , शिशिर गुरुङ र विशाल परियार चयन भएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष रानालाई जिल्ला कार्यसमितिको सल्लाहकारमा चयन गरिएको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका सहायक महामन्त्री मदनबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व यूवापुस्ताले गर्नुपर्ने बताए । राष्ट्रवादमाथि हस्तक्षेप बढिरहेको भन्दै उनले यूवा शक्ति एकजुट भएर त्यसको प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका गण्डकी प्रदेश प्रमुख हिक्मतजंग कार्कीले पार्टीले यूवालाई नेतृत्व हस्तान्तरण गर्न ढिलो गर्नु नहुने बताए । यूवाको पहलमा मात्रै देश विकासले गति लिने उनको भनाई छ । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन, केन्द्रीय सदस्य कुलबहादुर गुरुङ (कुलु)सँगै नेपाली काँग्रेसका प्रतिनीधि बोधबहादुर कार्की, तरुण दल कास्कीका ईकाई अध्यक्ष जसबहादुर गुरुङ, वडा सदस्य जीतेन्द्रजंग थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष डा महेन्द्र बहादुर कार्की, केन्द्रिय सदस्य नारायण गुरुङ लगाएतले बोलेका थिए ।

कार्यक्रम संचालन प्रदेश महासचिव शिशिर शर्माले गरेका थिए भने व्यवस्थापन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य मनिस केसी र मिलन केसीले गरेका थिए ।